विचार/ब्लग

रबिको गैर साँसद भइ गृहमन्त्री बन्ने इच्छा चितवन-२ का जनताको अपमान अनि ‘राजनीति होईन लाजनीति’

शुसीलमान शेरचन /चितवन –२ का मतदाताहरुले जानकारी राख्नु पर्ने भारीमतले जिताएका रास्वपाका सभापति रबि लामेछाने ज्युले आज ‘राजनिति होईन लाजनीति’ देशका आम जन समुदाय सम्क्ष देखाई रहेका छन् । जसका कारण चितवन –२ का आम मतदाताहरुको अपमान भएकाे छ, शिर झुकेको छ ।
सम्मानित सर्बोच्च अदालतबाट नागरिकता मुद्दामा दोषी ठहर गराई सांसद, उप–प्रधान तथा गृहमन्त्री जस्तो पद गुमिसक्केको अबस्थामा जन्ताको बिश्वास, भरोसा, आस्था लिएको पार्टी ‘रास्वपा’ का सभापति ज्यु नै आज जसरी भए पनि ६ महिने मन्त्री बन्न हत्तारिएको देखिदा के चितवन -२ का मतदाताहरुको बैज्जती तथा अपमानित होईन, अर्थातः लाजनीति होईन???
जबकि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यु भन्दै हुनुहुन्छ ‘पुर्ण पाठ’ फैसला आएपछि मात्रै निर्णयमा जाउला भनेर,
तर रास्वपा सभापति, नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलि निवास बालकोट पुगि सम्माननिय प्रधानमन्त्री ज्युलाई दबाब दिन जोड गर्दै छन्,
रास्वपाका सभापतिले वा सो पार्टीले बुझ्नु पर्ने के पनि हो भने बर्तमान ७ दलिय गठबंधन मिलेर बनेको सरकार हो साथै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको पनि बर्तमान सरकारलाई समर्थन रहेको छ भनेर,
नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलि ज्यु जस्तो चतुर, अनुभबी नेता एबम् पटक-पटक देशको प्रधानमन्त्री भएका नेताले ‘रास्वपा’ का लागि मात्रै सरकारको जोखिम लिनुहुन्छ जस्तो नेपाली जनतालाई लाग्दैन ।
जसरी रास्वपाका सभापति रबि लामिछाने ज्युलाई गृहमन्त्रालय कुनै हालयमा चाहियो ?
त्यो पनि गैर सांसद भएको अबस्थामा ??? के रहस्य छ ???
आम नेपाली जन-समुदायले बुझ्नु पर्ने छ ।
रबिजीको बिगतलाई हेर्दा भिडको प्रभाब देखाई आफ्नै सहकर्मि नुवाकोटका एक युबा संचारकर्मिलाई चितवनमा आत्मादह गर्न प्रोत्साहान गराए तर त्यो भिडको कारण न त रबिजीको मुद्दा प्रहरीले लियो, न त सम्मानित जिल्ला अदालतले गहिराईमा जान चाह्यो, बरु गम्भीर अपराधबाट उनी उल्टै मुक्ति हुन गए,
तर एक युबा संचारकर्मीको आत्माले वा उनका परिवारले न्याय पाएनन् ।
तशर्थः रास्वपा एबं सभापति रबि लामेछाने ज्यु स्वयमले निर्णय गर्नुपर्छ कि, पार्टी रास्वपा प्रमुख कि, ब्यक्ती सभापति रबि लामेछाने प्रमुख ? जनताको आस्था, भरोसा, बिश्वासलाई कुन्ठित गर्ने कि, सम्पुर्ण आरोपबाट मुक्त भएर आगामि उप–निर्बाचनबाट जनताको बिश्वास लिएर पुर्ण बिजय हुने ??? न कि गैर सांसद भएर गृहमन्त्री बन्ने हो ??? छोटो समयमा ‘रास्वपा’ ले देश भरी जनताको मन जितेको अबस्था छ तर सभापति अर्थात रास्वपाको यस्तो गतिबिधिले मन मर्न सक्छ,
रास्वपा अर्थात सभापति रबि लामेछाने ज्यु त जनता पुराना ठुला दलका नेताहरु देखि वाक्क दिक्क भएर नै छोटो समयमा रास्वापा उदाएका हुन् तर सभापति रबि जीको कृयाकलाप र ठुला दलका नेताहरु बिच भिन्नता नदेखिँदा चितवनका मतदाताले भाबि दिनमा अब के नै सभापति रबि लामिछाने र रास्वपाबाट आशा गर्ने ???
यहा सभापति रबिजीको मात्रै प्रश्न छैन यस्तो गतिबिधिले त रास्वपा कै अस्तित्वमा प्रश्न उठाउन सकिन्छ भने रास्वपाका नेतागणले बुझु पर्ने होईन र ।
( शेरचन वी.पी. का सभापति हुन् ।)