समाचार

भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

१९ माघ, काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पा चोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्।

घटनाबारे अनुसन्धान भइरहेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।‘स्थानीयले बसमा आगजनी गरेका छन् । अन्य बुझ्ने काम भइरहेको छ’, एसपी जोशीले भने ।