राजनीति

सांसद चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने नागरिक उन्मुक्तिको चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा गर्न चेतावनी दिएको छ ।

पार्टीले सांसद चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बाँकेमा पक्राउ गरेको थियो ।

पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ ।’