राजनीति

एमालेसहितको सरकारमा काँग्रेस सहभागी हुन्छ भन्ने कुरा सोह्रैआना गलतः उपसभापति खड्का

१९ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले एमाले सम्मिलित बर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुँने सम्भावना पनि नभएको बताएका छन् ।
नेता खड्काले सामाजिक संजालमा ट्वीट गर्दै भनेका छन्, ‘सबै ढुक्क हुनुस, यस्ता सबै खाले भ्रम बाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरि छ ।’
उपसभापति खड्काले संचारमाद्यममा यस्ता हल्लाहरु आएका छन् त्यो सरासर गलत भएको भनेका छन् । काँग्रेस यही सरकारमा सहभागी हुँन्छ भन्ने संचारमाद्यममा आएक हल्लालाई नेता खड्काले स्पष्ट जवाफ दिएका छन् ।
उनको ट्वीटः
नबोलुँ भनेको फेरि बोल्नै पर्ने भयो !
एमाले सम्मिलित बर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुँने भन्ने कुरा सन्चार माध्यममा जहाँ जसरि सम्प्रेषण भएको भए पनि यो सम्भव छैन। काँग्रेस सहभागी हुदैन।
सबै ढुक्क हुनुस, यस्ता सबै खाले भ्रम बाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरि छ