राजनीति

बलात्कार जस्तो गम्भीर अभियोग लागेका सन्दीप लामिछानेलाई उन्मुक्ती दिनुहुन्न, पाउनु हुन्नः गगन थापा

२० माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न भन्ने अभिब्यक्ती दिएका छन् ।

उनले एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ भन्दै उक्त विचार ब्यक्त गरेका छन् । सन्दीप लामिछानेलाई क्रिकेट संघले उन्मुक्ती दिएपछि महामन्त्री थापाको उक्त अभिब्यक्ती दिएका हुन् ।
महामन्त्री थापा लेख्छन्ः
‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नुभएको छ।
मेरो धारणा स्पष्ट छ– बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।
एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो। तर त्यसो हुन सकेन।
पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ।’