राजनीति

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य : माओवादी

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने बताएको छ। शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रियमा सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने छलफल भएको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

महासचिव गुरुङले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको उनले बताए ।

सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै महासचिव गुरुङले सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए । त्यस्तै, उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए ।