राजनीति

राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनबाट उर्मिलाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । माओवादी केन्द्रका उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेसले पनि उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।