कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ट्राफिक टोल फ्रि नम्बर सुचारु

२४ माघ, काठमाडौं । कर्णाली प्रदेशमा ट्राफिकसँग सम्बन्धित विषयहरूको जानकारी लिन र दिन टोल फ्रि नम्बर सुचारु गरिएको छ।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशभरि एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन-दिन सकिने गरी टोल फ्रि नम्बर सुचारु गरेको हो।

टोल फ्रि नम्बर १०३ रहेको छ । सो टोल फ्रि नम्बर चौबिसै घण्टा नि:शुल्क रूपमा खुल्ला रहने प्रहरीले जनाएको छ ।

उक्त नम्बरबाट ट्राफिक सम्बन्धी सम्पूर्ण सूचनाहरू लिन र दिन सकिने छ ।