राजनीति

सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन्नौँ : अध्यक्ष श्रेष्ठ

२४ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने जानकारी दिइन् । 

आफूहरूको माग पुरा नभएकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । ७ सिट रहेको उन्मुक्ति पार्टीले आफ्नो बटमलाइनलाई प्रदेश सरकारले सुनुवाइ गर्ने कुनै संकेत नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरेको छ । 

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिँदैछन् ।