आर्थिक

माछापुच्छ्रे बैंकका ग्राहकलाई विशेष छुट

२५ माघ, काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने व्यवस्था गरेको छ ।

उक्त दुई स्वास्थ्य संस्थाले उपलब्ध गराउने सेवा सम्बन्धमा बैंकले सम्झौता गरेको हो ।

भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायबेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने काठमाडौंको बसुन्धारामा अवस्थित चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् ।

माछापुच्छ्रेले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।