आर्थिक

आई.एम.ई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

२५ माघ, काठमाडौं । आई.एम.ई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ ।

हालै सम्पन्न सम्झौता-पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरूले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यावसायिक करहरू सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् ।