समाचार

बिहेबाट घर फर्कने क्रममा लडेर लामाको मृत्यु

२८ माघ, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको मृत्यु भएको छ ।

शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा लामाको भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जानाएको छ ।

घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको छ ।