राजनीति

दिनरात नभनी कामगर्ने बेलामा सरकारले सार्वजनिक बिदा बढाउनु गलत होः गुरुराज घिमिरे

१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले दिनरात नभनी कामगर्ने बेलामा सार्वजनिक बिदा बढाउनु गलत हो भन्ने तर्क दिएका छन् ।
माओबादी अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारले आज जनयुद्ध दिवशको अवशर भन्दै सार्बजनिक बिदा दिएपछि नेता घिमिरेले उक्त कार्य गलत भएको प्रतिकृया दिँदै कार्तिक २१ नेपाली काँग्रेसले.२००७ सालको क्रान्ति शुरुगरेको दिन भएपनि त्यो दिन बिदा प्रस्ताव कतैबाट नआएको बताएका छन् । राजनीतिक दलका सबैदिवसहरु राष्ट्रियदिवस हुदैनन् भन्ने नेता घिमिरेको तर्क छ ।
उनले ट्वीट गर्दै भनेका छन्ः
राजनीतिक दलका सबैदिवसहरु राष्ट्रियदिवस हुदैनन्।माओवादी बिद्रोह शुरुभएको फागुन१ लाई सार्वजनिक बिदादिने होभने कार्तिक२१ने.कां.ले२००७ सालको क्रान्ति शुरुगरेको दिन हो।अरुदलका पनि यस्तादिन हुनसक्छन्।देश टाटपल्टिन मात्र बाँकी छ। दिनरात नभनी कामगर्ने बेलामा सार्वजनिक बिदा बढाउनु गलत हो।