आर्थिक

यातायात मजदुरद्वारा सडकमै बस तेर्स्याएर प्रदर्शन

१ फागुन, काठमाडौं । यातायात मजदुरहरु ट्राफिक नियमविरुद्ध सडक अवरुद्ध गरेका छन् । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै आन्दोलति बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा केहीबेर अघिदेखि उनीहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् ।

मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । प्रहरीका अनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।