४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता एबम् गुल्मीबाट निर्बाचित साँसद डा चन्द्र भण्डारीकी आमाको निधन भएको छ । ग्यास पड्किएर घाईते भएका आमाछोरालाई किर्तिपुरस्थीत अस्पतालमा उपचार गरिदैं थियो ।
घाईते साँसद भण्डारीको खाना पकाउने ग्यास बिस्पोटबाट २५ प्रतिशत भागमा गम्भीर अशर गरेको छ भने आमाको ७० प्रतिशत अशर गरेको बताईएको छ ।
काठमाडौंको बुद्धनगरमा बस्दै आएका साासद भण्डारीले एकदिन अगाडीमात्र संसद बैठकमा दमदार रुपमा बोलेका थिए ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, बरिष्ठ नेता शेखर कोइराला, एनपी साउद र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेपाली काँग्रेसका नेता कार्यकर्ता अस्पताल पुगेर भण्डारी र आमाको स्वास्थ्य लाभको कामना गरेका थिए ।
डा निजिना ताम्राकारले डा भण्डारीकी ८६ बर्षीया आमा हरिकला भण्डारीको निधन भएको पुष्टी गरेकी छन्।





