आर्थिक

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

१६ फाल्गुण, काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्छन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।