मनोरञ्जन

गायिका तृप्ती खड्का को स्वरमा ’माया यसै छ’ सार्वजनिक

१६ फागुन, काठमाण्डौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत’माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागी सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ । एथ्लेटिक्स खेलमा निकै अब्वल रहनु भएका कृतिमानी खेलाडि बसन्त घिमिरेको निमार्णमा रहेको गीतमा देव पुनको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ, तृप्ती खड्का बसन्त घिमिरे , नवराज खड्काको फिचिरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।