प्रदेश 1

प्रदेश १ को नामकरणमा दुई थरी प्रस्ताव दर्ता 

१७ फागुन, विराटनगर । प्रदेश १ को नामकरणकाको लागी दलहरूले फरक फरक नाम दर्ता गराएका छन् । नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ हुनुपर्ने भन्दै संसद् सचिवालयमा नाम दर्ता गराएको छ भने नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव दर्ता गराएका हुन्। 

एकीकृत समाजवादीका नेता तथा सांसद राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई सोही पार्टीका सांसद कमलप्रसाद जवेगु र जसपाका सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् । यता एमालेले प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने प्रस्तावलाई माओवादी केन्द्रले पनि सहमति जनाएको छ। 

एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका थिए  । उनको प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी, निरन राई रहेका छन् ।