प्रदेश 1

नामकरणको विषयलाई लिएर विराटनगरमा कर्फ्यु जारी 

१७ फागुन, विराटनगर । प्रदेश नम्बर १ को नामकरण टुंगो लगाउने भएपछि विराटनगर वरपर कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले १ नम्बर प्रदेशसभाले आज  प्रदेशको नाम टुङ्गो लगाउने तयारी गरेपछि कर्फ्यु जारी गरेको हो । 

प्रशासनले प्रदेशसभा भवन अगाडि, देवकोटा चोकदेखि कोशी अस्पताल चोक, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि कर्फ्यु लगाएको छ। 

प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ। कर्फ्युको समयमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यहरू नगर्न आग्रह प्रशासनले भनेको छ।  

नामकरणको विषयलाई लिएर कुनै पनि अप्रिय घटना नघटोस् भन्नका लागि सबै जिल्लाहरूमा सुरक्षा अलर्ट पारिएको बताइएको छ ।