प्रदेश 1

‘काेशी प्रदेश’मा सहमति जनाएको काँग्रेसले समर्थन फिर्ता लियो 

१७ फागुन, मोरङ ।  नेपाली काँग्रेसले ´काेशी प्रदेश` नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । काँग्रेसका  प्रमुख सचेतक भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।

प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समर्थन फिर्ता लिए पनि मतदान भने कोशिकै पक्षमा गर्ने जनाएको छ। माओवादी केन्द्र पनि कोशी नामकरण हुनुपर्छ भन्ने पक्षमा रहेको छ। 

 प्रमुख सचेतक राईका अनुसार काेशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र काँग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति  भएता पनि माओवादी केन्द्र पूर्व सहमति अनुसार समर्थक नबसेकाले काँग्रेसले पनि समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्रले पनि कोशी नामकरणकै पक्षमा मतदान गरिने बताइसकेको छ ।