प्रदेश 1

प्रदेश १ को नाम अब कोशी प्रदेश रहने लगभग निश्चित, किराँत लिम्बूवान सगरमाथा अस्वीकृत

१७ फागुन, काठमाडौं । प्रदेश नम्बर १ को नामांकरणमा एकीकृत समाजबादी, जसपालगायतले प्रस्ताब गरेको किराँत लिम्बूवान सगरमाथा प्रदेश अस्वीकृत भएको छ ।
आज बसेको प्रदेश सभा बैठकले अब कोशी प्रदेशको बिषयमा मतदान हुनेछ । एकीकृत समाजबादीका नेता राजेन्द्र कुमार राईले राखेको प्रस्तावलाई अस्वीकृत गरेको सभामुख बाबुराम गौतमले जानकारी दिएका छन् ।
प्रदेश १ को नाम अब कोशी प्रदेश रहने लगभग निश्चित भएको छ तर यसमा केहीबेरमा मतदान हुने भएको छ ।