प्रदेश 1

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने निर्णयको कमल थापाले गरे स्वागत र समर्थन

१७ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने निर्णयको स्वागत र समर्थन गरेका छन् ।

उनले ट्वीट गर्दै राप्रपा नेपाल संघियताको वर्तमान स्वरुप परिवर्तन गरी देशले धान्न नसक्ने प्रदेशतह खारेज गरिनुपर्छ तथा केन्द्र र स्थानीय दुईतह मात्र कायम गरिनुपर्छ भन्ने पक्षमा दाबी गर्दै तत्कालका लागि भने प्रदेश १ को नाम कोशी प्रदेशमा गरिएकोमा समर्थन गरेका हुन् ।

उनको ट्वीटः
राप्रपा नेपाल संघियताको वर्तमान स्वरुप परिवर्तन गरी देशले धान्न नसक्ने प्रदेशतह खारेज गरिनुपर्छ तथा केन्द्र र स्थानीय दुईतह मात्र कायम गरिनुपर्छ भन्ने पक्षमा छ। तथापि सो तह कायम रहुन्जेल सहकार्य गर्दैजाने नीति अनुरुप पर्देश नं १ को नाम ‘कोशी’ राख्ने निर्णयको स्वागत र समर्थन गर्दछ ।