राजनीति

बिद्यार्थी चुनावमा पनि गठबन्धन गर्ने हो भने लोकतान्त्रिक मुल्यलाई बिसर्जन गरे हुन्छः नेता घिमिरे

२१ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले स्ववियु चुनावमा समेत गठबन्धन गर्ने हो भने लोकतन्त्रको आत्मा बाँकी रहँदैन भन्ने दाब्ी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै काँग्रेस युवा नेता घिमिरेले यसैपनि हाम्रो लोकतन्त्रले संवेदना गुमाएको छ र यो यान्त्रिक सिद्ध भएको भनेका छन् । उनले यदि कुनैपनि प्रणालीले जनताको सुखदुःख हेर्दैन भने त्यो प्रणाली लोकतान्त्रिक भनिए पनि निरर्थक हुन्छ भनेका छन् ।
नेबिसंघका पुर्वअध्यक्षसमेत रहेका घिमिरेले लोकतान्त्रिक शक्तिहरुको वास्तविक हैसियत थाहा पाउन कम्तिमा पनि नेबिसंघ एक्लै चुनाव लड्नुपर्छ भन्ने तर्क गरेका छन् । बिद्यार्थी चुनावमा पनि गठबन्धन गर्ने हो भने लोकतान्त्रिक मुल्यलाई बिसर्जन गरे हुन्छ भनेका छन् । नेपाल्ी काँग्रेसका भातृसंस्थालगायतले स्वबीयू निर्बाचनमासमेत गठबन्धन दलका बिद्यार्थी भातृसंस्थामा गठबन्धन गरेर निर्बाचनमा जाने निर्णय गरिसकेको अवस्थामा गुरुराज घिमिरेको आफ्नो छुट्टै बिचार आएको हो ।
उनको स्टाटस्ः

स्ववियु चुनावमा समेत गठबन्धन गर्ने हो भने लोकतन्त्रको आत्मा बाँकी रहँदैन। यसैपनि हाम्रो लोकतन्त्रले संवेदना गुमाएको छ र यो यान्त्रिक सिद्ध भएको छ। यदि कुनैपनि प्रणालीले जनताको सुखदुःख हेर्दैन भने त्यो प्रणाली लोकतान्त्रिक भनिए पनि निरर्थक हुन्छ। लोकतान्त्रिक शक्तिहरुको वास्तविक हैसियत थाहा पाउन कम्तिमा पनि नेबिसंघ एक्लै चुनाव लड्नुपर्छ।बिद्यार्थी चुनावमा पनि गठबन्धन गर्ने हो भने लोकतान्त्रिक मुल्यलाई बिसर्जन गरे हुन्छ !