२१ फागुन, काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्रलगायत सत्तारुढ आठ दलको बैठक आज अपरानह ४ बजे बस्ने भएको छ ।
राष्ट्रपति उपराष्ट्रपति निर्बाचन, सरकार बिस्तारलगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धन दलको बैठक बस्न लागेको बताईएको छ ।
प्रधानमन्त्रीमा एमाले, राप्रपा र रास्वपाबाट छाडेर गएका मन्त्रीहरुको पदपूर्ति गर्नुपर्ने दबाब छ भने भने काँग्रेसलाई आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन बनेको माहौल नबिगार्न राजनीतिक माहौल बनाउनुछ ।
सर्बोच्च अदालतले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललदे पाँच हजार मान्छे मारेको जिम्मेवारी लिएकोलाई दर्ता गर्न आदेश दिएकोमा तनाबमा रहेका पुष्पकमल दहालले आज गठबन्धन दलको बैठक बोलाएक छन् ।





