सामाजिक सञ्जाल

माहामन्त्री गगन महिला दिवशको सन्दर्भमा भन्छन्ः आफैँबाट गरौँ, जहाँ छौँ त्यहीँबाट गरौँ

२४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले महिलाको सुरक्षा र सम्मान, पहुँच र प्रतिष्ठा, पहिचान र प्रगति संविधानमा त लेख्यौँ, अब कानुन र व्यवहारमा पनि कार्यान्वयन गरौँ भनेका छन् ।
महिला दिबशको अवशर पारेर काठमाडौं क्षेत्र नम्बर ४ का साँसदसमेत रहेका थापाले आफैँबाट गरौँ, जहाँ छौँ त्यहीँबाट गरौँ। महिलामाथि हुने विभेदको अन्त्य र सम्मानपूर्वक बाच्न पाउने वातावरण निर्माणमा दृढ संकल्पित बनौँ भनेका छन् ।

माहामन्त्री थापाको ट्वीटः
महिलाको सुरक्षा र सम्मान, पहुँच र प्रतिष्ठा, पहिचान र प्रगति संविधानमा त लेख्यौँ, अब कानुन र व्यवहारमा पनि कार्यान्वयन गरौँ। आफैँबाट गरौँ, जहाँ छौँ त्यहीँबाट गरौँ। महिलामाथि हुने विभेदको अन्त्य र सम्मानपूर्वक बाच्न पाउने वातावरण निर्माणमा दृढ संकल्पित बनौँ। नारी दिवसको शुभकामना !