२७ फागुन, काठमाडौं । बराहक्षेत्रस्थीत सप्तकोशी बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलले उम्मेद्वारी दिएका छन् ।
नेविसंघबाट सभापतिमा मार्सल तामाङ, सचिवमा अर्जुनजोङ तामाङ कोषाध्यक्ष गंगामाया थापा, सदस्यहरुमा नमस धामी, धनकेशर भुजेल, सवक केसी, नवराज बिष्ट, राहुल शाह, नुना कुमारी पौडेल रहेका छन् ।
अर्कोतर्फ नेकपा एमाले निकट भातृसंस्था अनेराश्वबीयूको सभापतिमा चित्रमान राई, सचिवमा सृजन बस्नेत, कोषाध्यक्षमा सञ्जु खड्का, सदस्यहरुमा इशा रिसाल, यसोदा राउत, दीपा मग्राती, पमिन रानानमगर, सुदीप थापा रिया शाह रहेका छन् ।
नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबम् सोही सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा साँसद ज्ञानेन्द्र कार्कीको क्षेत्रको सप्तकोशी क्याम्पसमा काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघको पकड भएपनि नेकपा एमाले प्रदेश १ स्तरबाटै आफ्नो समूहलाई बिजयी गराउनु लागि परेको बताईएको छ ।
नेपाल बिद्यार्थी संघ र अखिलबीच तिब्र प्रतिष्पर्धा भएपनि पकड भने नेबिसंघकै भएको उक्त कलेजमा अध्ययनरत बिद्यार्थीको दाबी छ । चैत ५ गते हुने निर्बाचनपछिको मतगणनाले कसले जित्छ र कसले हार्छ भन्ने कुरा प्रष्ट हुन्छ अहिले ठोकुवा भने गर्न सकिन्न ती बिद्यार्थीले नाम नभन्ने सर्तमा सुर्यखबरलाई भने ।






