२८ फागुन, काठमाडौँ । रावासवा प्राज्ञिक समाज नेपालको अध्यक्षमा बम बानीयाँ र महासचिवमा भरत लिमेल मगर निर्वाचित भएका छन् । शनिवार भएको समाजको ११औं साधारण सभाले नयाँ १५ सदसिय कार्य समिति चयन गरेको हो ।
रावासवा प्राज्ञिक समाज नेपालको सम्मान तथा पुरस्कार प्रदान समारोह साथै खोटाङ साहित्यकार परिचय कोश लोकार्पण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ भुपाल राई तथा विशेष अतिथि नेपाल प्रज्ञा प्रतिस्ठान सदस्य सचिव डा. धनप्रसाद सुबेदी लगायत अतिथिहरू उपस्थित थिए ।





