सामाजिक सञ्जाल

डा सुर्यराजको प्रश्नः रामचन्द्र पौडेलले शितलनिवासका नयाँ नियुक्तिमा कसलाई/कसरी छान्छन् होला ?

२९ फागुन, काठमाडौँ । पूर्वाधारबिद एबम् राजनीतिक बिश्लेशक डा सुर्यराज आचार्यले दलको सबै जिम्मेवारीबाट अलग रहेका रामचन्द्र पौडेलले शितलनिवासका नयाँ नियुक्तिमा कसलाईरकसरी छान्छन् होला ? भन्ने प्रश्न गरेका छन् ।
आचार्यले ट्वीट गर्दै आफ्ना दलका नेता राज्यका पदमा पुगेपछि नियुक्तिका लागि दलको ‘झोला’ बोक्ने बौद्धिकहरुको लाइन लाग्छ भन्ने तर्क गर्दै नबनिर्बाचित राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने सल्लाहकारलगायतका नियुक्तीमा जिज्ञासा राखेका छन् । आज सपथ खान लागेका नबनिर्बाचित राष्ट्रपति पौडेलले राष्ट्रपतिको सल्लाहकारलगायतमा नियुक्री गर्न मिल्छ ।
रामबरण यादब र बिद्या भण्डारीपछि अलि ह्याभी वेट राजनीतिज्ञका रुपमा राष्ट्रपतिमा निर्बाचित भएका रामचन्द्र पौडेलले हिजोमात्र काँग्रेसको केन्द्रीय सदस्यबाट राजनीनामा दिएका थिए । राजीनामा दिनेबित्तिकै सभापति शेरबहादुर देउवाले स्वीकृत गरिदिएक छन् । राष्ट्रपति गैरराजनीतिक देशको मूली पद भएकाले त्यससँग जोडीएका पदहरुमा नियुक्त गर्द स्वच्छ छवि भएका बौद्धिकहरु ल्याउनुपर्ने तर्क राजनीतिक बिश्लेशकहरुबाट आउने गरेको समयमा डा आचार्यको तर्कले पनि त्यस्तै संकेत गरेको देखिन्छ ।
डा आचार्यको भनाईः आफ्ना दलका नेता राज्यका पदमा पुगेपछि नियुक्तिका लागि दलको ‘झोला’ बोक्ने बौद्धिकहरुको लाइन लाग्छ।
नव निर्वाचित राष्ट्रपतिको हकमा पनि यो दबाव हुन सक्छ। दलको सबै जिम्मेवारीबाट अलग रहेका रामचन्द्र पौडेलले शितलनिवासका नयाँ नियुक्तिमा कसलाईरकसरी छान्छन् होला ?
फरक या पुरातन ? टेस्ट होला!