राजनीति

राष्ट्रपतिसँगको भेटमा उपसभापति गुरुङले भनेः जनतालाई बिद्यार्थी भण्डारीले जस्तो दुःख हुनेगरी सडक जाम नगराउनुस्

१ चैत, काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नबनिर्बाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
राष्ट्रपति पौडेलाई राष्ट्रपति निर्बाचित भएकोमा बधाई तथा शुभकामना दिन शितल निवास गएका उपसभापति गुरुङले कायम गर्दै ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परा’लाई तोड्न सुझाव दिएको बताएका छन् ।
राष्ट्रपति पौडेलले उपसभापति गुरुङलाई आफुले तामाझाम नगर्ने र जनतालाई दुःख नदिने प्रतिबद्धता जनाएको नेता गुरुङले जनाएका छन् । नेता गुरुङले जनतालाई दुःख हुनेगरी सडक जाम भयो भनी निबर्तमान राष्ट्रपति बिद्या भण्डारीको पालामा जस्तो बिबाद नल्याउन सुझाव दिएका हुन् ।
बिद्यादेवी भण्डारी राष्ट्रपति हुँदा सडक जाम गराएको भन्दै सर्बसाधारणबाटै धेरै नै आलोचना भएको थियो ।

उनको ट्वीटः आज महामहिम राष्ट्रपति रामचन्द्र पौडेलज्युलाई बधाई तथा शुभकामना दिने क्रममा महामहिमज्युलाई कष्mउष्अिष्तथ कायम गर्दै ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परा’लाई तोड्न सुझाव समेत दिइयो।
यस सन्दर्भमा महामहिम राष्ट्रपतिज्यु प्रतिबद्ध हुनुहुन्छ।