साहित्य

इतिहास सिरोमणी बाबुराम आचार्य

दिलकृष्ण आचार्य – कविता


हे नेपाल आमा सपुत पुत्र जन्मायौ बाबुराम !
सत्य र तथ्य इतिहास लेख्दै, पदवी पछि नाम !!

लादेर इतिहास झुट्टा यहाँ, बिदेशी हाउ भाउ !
यथार्थ लेखी नेपाललाइ दिने कविको थ्यो दाउ !!

जात जाति मत भेद पारेर यहाँ नेपाली लडाउने !
तत्कालीन शासकका कथित कथा सबै सडाउने !!

प्रण गरे सहि सत्य लेख नेपालमा फैलाउने !
राणाका कथित बिदेशी प्रस्ताब सबै ओइलाउने !!

उन्नाइस सय चौवालिस साल, उनन्तिस फागुन !
त्रिभुवन बिमान क्षेत्रमा जन्म भयो नि आगमन !!

धर्मदत्त बुबा शिवकुमारी माता,बाबुराम छोराहुन !
आचार्य थरका पशुपती नाम ,हजुरबा उन्का हुन !!

जोतिष शास्त्र सस्कृत अध्ययन, गरेका बाबुराम !
शिक्षक पेशा अँगाल्दै उनले, गरे सामाजिक धेरै काम !!

प्रसिद्ध अर्याल, बझाङ्गे राजा, सिंहको सङ्गत भो !
बिद्वानको सङ्गत हुँदै जाँदा, झन ज्ञान बढ्दै गो !!

ज्ञान गँगा खोज्ने रुचि झन भयो सङ्गतको कारण !
इतिहास खोज्ने मन्साय बढ्यो त्यो उत्तम धारण !!

नेपालको लागि सत्य र तथ्य इतिहास खोज्नु थ्यो !
तत्कालीन शासक बिपक्ष हुँदा उनलाइ गारो भो !!

निडर स्वभावका बाबुराम थिये चाकडी जानेनन !
तत्कालीन सरकारले खरिदार माथि लैजान मानेनन !!

पुराना कागज बङ्गशावलि, खोज तलास सिलालेख !
मन्दिरको भित्ता चियाउँदै हिडे, घर घरमा रेखदेख !!

प्रमाणीक इतिहास लेख्नको लागि, दिन रात भनेनन् !
फलको आशा राखेनन् कहिल्यै स्वार्थि झन बनेनन् !!

अन्ठानब्बे सालमा दुर्भाग्य बस एक नयन बन्द भो !
रानाको अन्त्य सङ्ग सँगै उनको दुइ आँखा बन्द भो !!

आर्थिकको अभाव शासकको दबाब उपचार भएन !
लेखेका कृति छपाए पछि गुमाए पछि दुई नएन !!

राष्ट्रको लागी रचेर दिए प्रसिध्द पुस्तक प्रकाशित !
त्रिभुवनबाट बिभुशित भए खुसी भै आकार्सित !!

पृथ्वीनारायण शाहाको जिवन, प्राचीन इतिहास !
तिब्बत चीन सम्बन्धि किताब मेटिन्छ धेरै पियास !!

बिश्वको सिखर सगरमाथा, नेपाली नाम राखे !
माउन्टेन एभरेस्ट अङ्ग्रेज नाम, फेरेर सान ढाके !!

बिचारका साधा प्रतिभा उच्च इतिहास सिरोमणी
स्मरन शक्ति भएका तिब्र, बाबुराम छन् धनी

हामीलाइ उनले इतिहास छाडे, पुस्तौ पुस्तालाई
बिर्सनु हुन्न उहाँलाइ हामीले, नेपाली दाजु -भाइ

बिक्रम सम्बत दुइ हजार उन्तिस , उहाँको पर्लोक
आजको दिनलाइ जन्मत्सब मनाउ सम्पुर्ण हे लोक

इतिहास सिरोमणी भनेर चिन्ने , यो नेपाल देशमा
दश औली जोडि नमस्कार गर्छु, नेपाली भेषमा

लेखकः दिल कृष्ण आचार्य
कालिन्चो ८ सुनखानि, दोलखा
मितिः २०७९ साल फागुन २९ गते