सामाजिक सञ्जाल

उपेन्द्रजीले रामसहाय यादबको क्षेत्रमा जितीहाल्ने वातावरण तयार भएको छैनः किशोर नेपाल

३ चैत, काठमाडौँ । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले उपनिर्बाचनमा पनि साँसद नजित्ने टिप्पणी बरिष्ठ पत्रकार किशोर नेपालले गरेका छन् ।
बरिष्ठ पत्रकार नेपालले बाराबाट निर्वाचित सांसद रामसहाय यादव उप–राष्ट्रपतिमा चुनिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको संसदको बाटो खुलेको बताउँदै उक्त स्थानमा उपेन्द्र यादबले साासद जित्ने सम्भावना कमै रहेको ट्वीटमार्फत साँकेतिक टिप्पणी गरेका हुन् ।
आज उपराष्ट्रपतिमा साँसद यादब निर्बाचित भएपनि उक्त स्थानमा निर्बाचन हुने र उक्त निर्बाचनमा उपेन्द्र यादब लड्ने हल्ला चलिरहेका बेला बरिष्ठ पत्रकार नेपालको पेन्द्रले जितीहाल्ने वातावरण तयार नभएको टिप्पणी आएको हो ।
उनले जसपा उपेन्द्रजीको कमाण्डबाट फुत्किन थालेको बिश्लेषण मधेश राजधानीमा सुनिन थालेकोसमेत जिकिर गरेका छन् ।
उपेन्द्र यादब गत निर्बाचनमा सीके राउतसंगको हार ब्यहोरेपछि साँसदमा प्रबेश गर्नसमेत पाउनबाट बञ्चित छन् । काँग्रेस–माओबादी केन्द्रको १० दलीय गठबन्धनको सहयोगमा रामसहाय यादब उपराष्ट्पतिमा निर्बाचित भएपछि उक्त क्षेत्र अब खाली हुँदैछ ।

किशोर नेपालको ट्वीटः बाराबाट निर्वाचित सांसद रामसहाय यादव उप–राष्ट्रपतिमा चुनिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको संसदको बाटो खुलेको छ । तर, उपेन्द्रले जितीहाल्ने वातावरण तयार भएको छैन । जसपा उपेन्द्रजीको कमाण्डबाट फुत्किन थालेको बिश्लेषण मधेश राजधानीमा सुनिन थालेकोछ ।