राजनीति

अयोग्य लडाकुको नाममा कार्यकर्तालाई राज्यकोषबाट पैसा बाड्नु भ्रष्टाचार हो, ब्रम्हलुट होः अध्यक्ष थापा

८ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अयोग्य लडाकुको नाममा पार्टी कार्यकर्तालाई राज्यकोषबाट पैसा बाड्नु भ्रष्टाचार हो, ब्रम्हलुट हो भन्ने जिकिर गरेका छन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले ट्वीट गर्दै गैर न्यायिक हत्या, जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनुपर्छ भन्ने तर्क गरेका छन् ।
माओबादी केन्द्रका अध्यक्ष नेतृत्वको सरकारले अयोग्य लडाकुलाई भन्दै ९ अर्ब राहत बाँड्ने बताईरहेका बेला बिभिन्न क्षेत्रबाट टिकाटिप्पणी आईरहेका बेला अध्यक्ष थापाले कडा टिप्पणी गरेका छन् ।
उनले यो विधेयक पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने छन् भन्दै सत्ता गठबन्धनको मुख्य पार्टीलाई भनेका छन्, ‘त्तासाझेदार कंग्रेस के हेरी रहेको छ ?’ उनले माओबादीका अयोग्य लडाकुलाई प्रचण्ड सरकारले राहत बाँड्न लागेको प्रति कडा रुपमा बिरोध गरेका छन् ।
उनको ट्वीटः
–गैर न्यायिक हत्या, जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनुपर्छ। यो विधेयक पारित गर्न सघाउने सबै अपराधीका मतियार ठहरिने छन्,
–अयोग्य लडाकुको नाममा पार्टी कार्यकर्तालाई राज्यकोषबाट पैसा बाड्नु भ्रष्टाचार हो, ब्रम्हलुट हो।
सत्तासाझेदार कंग्रेस के हेरी रहेको छ ?