राजनीति

अध्यक्ष लिंदेनले आक्रोशित हुँदै प्रधानमन्त्रीलाई भनेः चाँडो भन्दा चाँडो बैंकको ब्याज घटाउनुहोस

८ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ संकेत गर्दै मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ भनेका छन् ।

उनले ट्वीट गर्दै चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् …जो सम्भव छ भन्ने तर्क गरेका छन्।
हिजोमात्र प्रहरीले मटिर ब्याजीको कुरासहिती बैंकलाई ब्याज घटाउन आग्रह गर्दा प्रहरीले समातेर मुख थुनेको तस्वीर सार्बजनिक गर्दै झापाबाट निर्बाचित साासदसमेत रहेका अध्यक्ष लिंदेनले मुख थुन्ने कार्यको कडा बिरोध गरेका हुन् ।

अध्यक्ष लिंदेनको ट्वीटः

हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् …जो सम्भव छ।
अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ।