बाग्मती

मोक्ष्य आर्ट एकेडेमीले संगीत कक्षा पनि संचालन गर्दै

९ चैत, काठमाडौ । मोक्ष्य आर्ट एकेडेमीले संगीत (भोकल) कक्षा यही चैत्र १२ गतेबाट संचालन गर्ने भएको छ ।
डेनि भट्ट र निकिता भट्टराई ले लामो समय कला क्षेत्रमै बितित गरिसकेपछी कलालाई अरुलाई पनि सिकाउने उदेश्य ले दुबैजनाको सहकार्यमा बि.स. २०७७ साल बाट मोक्ष्य आर्ट एकेडेमी संचालनमा ल्याएका हुन् ।

मोक्ष आर्ट एकेडेमीका संचालक डेन्नी भट्ट भन्छन्, ‘कला भनेको एउटा मान्छेको पहिचान हो , उसको चिनारी हो , उसको परिचय हो त्यसैले व्यक्ति भित्र लुकेर रहेको क्षमतालाई पहिचान गरेर, उभित्र लुकेर रहेको कलालाई कलाको बिभिन्न मध्यम बाट प्रस्तुत गरेर समाजलाई देखाउनु मोक्ष्य आर्ट एकेडेमीको प्रमुखन उदेश्य हो’ ।

विभिन्न उमेर समुहका कलाकार हरुलाई लक्षित बनाएर बेसिक,इन्टरमिडेट र एडभान्स कोर्षहरुको कक्षा सञ्चालन भइरहेको छ। हाल Dance, Acting ,Yoga, र Public Speaking कक्षाहरु संचालन भैरहेको छ I

यस मोक्ष आर्ट एकेडेमीले यहि चैत १२ गते देखि नयाँ गायन (संगीत) कक्षा पनि संचालन गर्ने भएको प्रशिक्षक नगीन तामाङले जानकारी   दिए  ।

मोक्ष आर्ट एकेडेमीले लामो समय सास्त्रीय र आधुनिक गायन को क्षेत्रमा कार्य गरिसकेको र सास्त्रीय संगीत को लामो अनुभव बटुलिसकेको प्रशिक्षक बाट सास्त्रीय र आधुनिक गायनको कक्षा सन्चालन भइरहेको छ ।