अन्तर्राष्ट्रिय

मोदीको अपमान गरेको भन्दै काँग्रेस अध्यक्ष गान्धीलाई अदालतद्वारा दुई बर्ष जेल सजाय

९ चैत्र, नयाँदिल्ली । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई अदालतले दुई बर्षको कैद सजाय सुनाएको छ ।
गुज्रातको एक चुनाबी सभामा मोदी समुदायप्रति गरेको नकारात्मक टिप्पणीप्रति परेको मुद्धाको फैसला गर्दै अदालतले दु्ई बर्षको कैद सवाय सुनाएके हो ।
काँग्रेस अध्यक्ष गान्धीले चुनाबताकाको कार्यक्रममा मोदी थरको बिषयमा मोदी थर कसरी बन्यो भन्ने बिषयमा नकारात्मक टिप्पणी गरेको भन्दै पुर्नेस मोदीले रिट हालेका थिए ।
अध्यक्ष गाँन्धीले मोदीहरुलाई चोर भन्दै निरभ मोदी, ललित मोदी वा नरेन्द्र मोदीको आलोचना गरेका थिए । भारतीय कँग्रेसले अदालतको फौसलालाई आत्मासात गर्ने भन्दै पुनराबेदन गर्ने बताएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले यस बिषयमा अहिलेसम्म खुल्ला रुपमा कुनै टिप्पणी गरेका छैनन् ।
अध्यक्ष गान्धीले तत्काल जेल बस्नुपर्ने भने छैन, एक महिना वा ३० दिनभित्र उनले पुनराबेदन गर्न पाउनेछन् ।