बाग्मती

बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै 

१० चैत्र, काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बुधवार हुने बैठकमा सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि आज शुक्रवारका लागि सारिएको हो ।

आजको बैठकमा  मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेललाई बुधबारनै विश्वासको मत दिने निर्णय गरेको थियो । 

नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्रीमा  नियुक्त पश्चात् माघ ३ मा विश्वासको मत लिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा सहित ६ दलका १०५ सांसदले दिएको विश्वासको मत राप्रपाले फिर्ता लिए पछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक लिन पर्ने अवस्था सिर्जना भएको हो ।