राजनीति

कमल थापाको प्रस्तावः आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाऔं

११ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे विचार गरौ भनी आब्हान गरेका छन् ।

अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने वारे बिचार गरौं, के नेपालको निम्ति अर्बौ तलवभत्ता खाने करिव सयको संख्यामा प्रदेशमन्त्री र पांचसय प्रदेशसांसद आबश्यक छ भनी सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

अध्यक्ष थापाले धर्मपरिवर्तनको डढेलोबाट सनातन धर्ममा गएको पहिरो तथा हिन्दु, बौद्ध र किराँतमा परेको नकरात्मक प्रभावको कारण राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुनसकेन।

विश्वमा तिव्रगतिमा धर्मपरिवर्तन हुने देशहरूमा नेपाल एक नं मा रहेको छ । सनातन धर्मको रक्षा गरौँ भनी अध्यक्ष थापाले आग्रह गरेका छन् ।