समाचार

काँग्रेस-माओबादी नेतृत्वको १० दलीय गठबन्धनको बैठक बालुवाटारमा

१५ चैत, काठमाडौं । काँग्रेस–माओबादी केन्द्र १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकले सरकारमा जानेहरुको अन्तिम नामावली, सरकारले ल्याउने साझा कार्यक्रमका बिषियमा छलफल हुने बताईएको छ ।

न्यूनतम् साझा कार्यक्रमको बिषयमा छलफल गरी मन्त्रीपरिषद बिस्तारका बिषयमा छलफल हुनेछ ।
अर्थमन्त्री, गृहमन्त्रीलगायतका मन्त्रालय भागबण्डाका बिषयमा अन्तिम टुंगो नलागेका कारण १० दलीय गठबन्धनले बाँकी रहेका १६ मन्त्रालय दिएर मन्त्रीपरिसद बिस्तार गर्न सकेको छैन ।