राजनीति

डा वाग्लेले काँग्रेसबाट बिद्रोह गरेकोप्रति के प्रतिकृया दिन्छन् डा बाबुराम भट्टराई ?

१७ चैत, काठमाडौं । समाजबादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले डा वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।
अध्यक्ष भट्टराईले ट्वीट गर्दै डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन् भन्दै उक्त टिप्पणी गरेका हुन् ।
हिजोमात्र डा वाग्लेले काँग्रेस छाडेको भन्दै बिज्ञप्ती निकालेको केहीबेरमा नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचन लड्ने बताईएको छ । डा वाग्लेले आधिकारीक रुपमा केहीपनि नबताएका भएपनि रास्वपाका महासचिवले स्पष्ट गरिसकेका छन् ।
डा भट्टराईले डा वाग्लेले पार्टी छाड्नुलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन, देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन भनेका छन् ।
डा भट्टराईको ट्वीटः
डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ !