सामाजिक सञ्जाल

महामन्त्री शर्माको उपनिर्बाचनबारे टिप्पणीः नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं

१३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री बिश्वप्रकाश शर्माले उपनिर्बाचनमा काँग्रेसले पाएको मतको बिषयमा प्रतिकृया दिएका छन् ।
उनले ट्वीट गर्दै समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ भनेका छन् ।
महामन्त्री शर्माले परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको टिप्पणी गरेका छन् । मतदाताको प्रत्येक मतलाई सम्मान गर्दै उनले नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी भन्ने उनको प्रतिकृया छ ।

महामन्त्री शर्माको ट्वीटः
उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना ।

परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ । नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी । आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ । जय नेपाल !