१४ बैसाख, लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि काँग्रेसका प्रदेश साँसद डिल्ली बहादुर चौधरीले दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित काँग्रेस साँसद चौधरीले मुख्यमन्त्रीमा दाबी गर्दै अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
नेपाली काँग्रेस माओबादी केन्द्र नेतृत्वको गठबन्धनले केन्द्रदेखी तलसम्म आफ्ना सरकारहरु बनाईरहेको अवस्थामा आज लुम्बिनीम दाबी गरेका छन् । काँग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्बाचित प्रदेश साँसद चौधरीका लागि ४४ जना साँसदको हस्ताक्षर भएपनि मुख्यमनत्री बन्न बाटो खुल्ने देखिन्छ । लुम्बिनीमा जम्मा ८७ प्रदेश साँसद छन् ।





