राजनीति

डा कोईरालाको अपीलः माओवादी नेतृत्वको सरकारको लडाकुलाई पैसा बाँड्न गरेको निर्णयको विरोध गरौं

१४ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
बरिष्यठ नेता कोईरालाले लडाकुलाई बरु जागीर दिन सकिने तर बिनाकाम राज्यको ढुकुटी समाप्त गरेर पैसा बाँड्न नहुने बताएका छन् ।
उनले, ‘माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिऔं ।’ भन्दै सार्बजनिक रुपमा अपीलसमेत गरेका छन् ।
उनले सामाजीक सञ्जालमार्फत उक्त बिरोध गरेका हुन् । उनले भनेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’
केही अघिमात्र प्रधानमन्त्री पुष्पकमल दहालले लाडाकुलाई रकम बाँढ्ने निर्णय गराएकोमा डा कोईरालाले आक्रोश पाखेका हुन् ।