राजनीति

महामन्त्री गगनले भनेः अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ

१४ वैशाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ भनेका छन् ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन भनेका छन् ।
महामन्त्री थापाले पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस् भन्ने उनको सुझाब छ ।
आजमात्र काँग्रेस बरिष्ठ नेता डा कोईरालालगायतले अयोगय लडाकुलाई दिईले राज्यकोषको बिषयमा कडा बिरोध गरिरहेका छन् ।

उनको ट्वीटः

राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।