समाचार

स्टार्फ नर्स मृत फेला, चिकित्शकबिरुद्ध परिवारले दुरुत्साहन मुद्धा दर्ता गर्ने तयारी

१७ बैसाख, काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

उनले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । स्टाफ नर्षका परिवारले चिकित्शकका परिवारको बिरुद्धमा आत्माहत्या दुरुत्शाहन मुद्धा दर्ता गर्ने तयारी गरेको समाचार छ ।