समाचार

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ, यसरी लिएका थिए पाँच करोड

१९ बैसाख, काठमाडौं । तत्कालीन गृहममन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरेको छ ।
भुटानी शरणार्थीलाई नक्कली प्रमाणपत्र दिलाएर अमेरीका पठाउन नेतृत्वदायी भूमिका खेलेको अभियोगमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलले दिएको बयानअनुसार राईलाई पक्राउ गरिएको हो ।

गृहमन्त्री थापाका छोरा प्रतीक थापा र सल्लाहकार राईका छोरा निरज राईको नामसमेत पोलिएको छ । प्रहरीले इन्द्रजीत राईलाई टेकु प्रहरीमा राखेको छ । इन्द्रजीतले गृहप्रशासन मिलाउनुपर्छ भन्दै पटक पटक गरी पाँच करोड अशुल गरेको प्रहरीको प्रारम्भीक अनुसंधानको दाबी छ । शरणार्थी प्रमाणीत गर्न जनही ५० लाखसम्म अशुल गरिएको थियो ।