स्वास्थ्य

प्रधानमन्त्रीसँग परिवार नियोजन महासङ्घका महानिर्देशकको भेट

१९ बैसाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले आज शिष्टाचार भेट गरेका छन् ।

उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो । महानिर्देशक डा बरमेजो शनिबार पाँच दिने भ्रमणका लागि नेपाल आएका थिए ।