राजनीति

भुटानी शरणार्थी ठगि घटना अझै गहिरोसँग अनुसन्धान होस् कोही नछुटुन : महामन्त्री थापा

२१ बैशाख, काठमाडौँ । २१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले भुटानी शरणार्थी बिबादमा संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन भनेका छन् ।
उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ भन्दै यो घटना होइन प्रवृत्ति हो, अझै गहिरोसँग अनुसन्धान होस्, कोही नछुटुन् भन्ने आय ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भुटानी शणर्थी बिबादका बिषयमा भनेका छन् ।
उनको स्टाटस्ः
नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।