२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा आक्रोशित बनेका छन् । उनले साँकेतिक रुपमा काँग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोश पोखेको स्पष्ट देखिन्छ।
महामन्त्री थापाले फेसबुक स्टाटस्मार्फत आफ्नो आक्रोश पोखेका छन् । उनले आफुले, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ’ भनेका छन् ।
महामन्त्री थापाले म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ भन्ने सोचेर चुप लागें भन्ने विचार राखेका छन् । उनले त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो भन्दै नेतृत्वलाई चेतावनी दिएका छन् । सभापति देउवालाई अब अति भएको, विचार नगरे निणैय लिनसक्ने चेतावनी दिएका छन् । निर्णय के लिने नभनेपनि कुनै नयाँ निर्णय लिनसक्ने संकेत गगनले दिएका छन् । उनले अब अति भएको र सहन नसकिने भन्नेलाई राजनीतिकबृतमा पार्टी फुटाउनसक्नेसम्मको गगनको योजना भनेपनि गगन निकट नेताहरुले त्यसलाई अस्वीकार गरेका छन् ।
उनको स्टाटस्ः
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !
