राजनीति

भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने नेतालाई सिधै बागमतीमा लगेर चोपल्नुस् : बालेन शाह

३१ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह नेताहरूलाई सडक नाटक बन्द गर्न चेतावनी दिएका छन् । नेताहरूले सडक नाटक बन्द गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने नीति बनाउनुपर्ने उनको तर्क छ ।

भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शनमा राजनीतिक दलका नेताहरूको पनि सहभागिता देखेपछि मेयर शाहले यस्तो बताएका हुन् ।

भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रने नेतालाई सिधै बागमतीमा लगेर चोपल्न पनि उनले आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्धको आन्दोलनमा को नेता सहभागी भएको छ र उसको घर कहाँ हो भनेर जान्न जरुरी रहेको पनि बालेनको भनाइ छ ।

शनिबार काठमाडौंको माइतीघर र नक्साललगायत जिल्ला–जिल्लामा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको थियो ।

कार्यक्रममा सहभागीहरुले अब भ्रष्टाचार सहनौं भ्रष्ट नेता चाहन्नौं, दाइभाउजू मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्नेलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए।

सोही आन्दोलनमा सहभागी नेताहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका हुन् ।