राजनीति

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

१ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उनीहरूबीच सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठकका विषयमा पनि छलफल भएको थियो ।